१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दक्षिण एसियाली कराँते : पहिलो दिन नेपाललाई १२ स्वर्ण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३३:oo

नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन १२ स्वर्ण पदक जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा छिमेकी भारतले १५ स्वर्ण पदक जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । जिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण हो ।

प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाई पराजित गरिन् । उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउँदै शीर्ष स्थान हात पार्न सफल रहे ।

महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो भए । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाई’ भएका थिए ।

पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकतअली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरीविरुद्ध जित आत्मसात् गर्दै पहिलो भए ।

पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते ।यु– २१ महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् ।

महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् । पुरुष  ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छाउँदै स्वर्ण पदक जिते ।

यु– २१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिकलाई पराजित गरी स्वर्ण हात पारे ।

ad
ad