नेपाल सुपर लिग २०२३ : एफसी चितवन र वीरगन्ज युनाइटेडबीच आज भिडन्त

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र वीरगन्ज युनाइटेड एफसी भिड्दै छन् । 

दशरथ रंगशालामा साँझ साढे पाँच बजेबाट सुरु हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् । 

आज हुने खेल लिगमा एफसी चितवनको तेस्रो खेल हुनेछ भने वीरगन्ज युनाइटेडको दोस्रो हुनेछ । चितवनले यसअघिका दुईमध्ये एकमा बराबरी र एक हार व्यहोरेको छ ।

वीरगन्ज युनाइटेडले एनएसएलको जारी सिजनमा हारबाट खेलको सुरुवात गरेकाले अंकविहीन छ । 

सुझावित समाचार