Skip This
कोहलपुरकाे नेपाल एपिएफ स्कुलमा खेल सप्ताह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १४ बिहीबार o८:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोहलपुरकाे नेपाल एपिएफ स्कुलमा खेल सप्ताह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o८:३५:oo

कोहलपुरमा अवस्थित नेपाल एपिएफ स्कुलमा खेल सप्ताह सुरु भएको छ । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित यस विद्यालयमा  १३ मंसिरदेखि सुरु भएको खेलकुद कार्यक्रम १६ गते समापन हुनेछ । खेलकुद कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको खेल सप्ताहका अध्यक्ष एवं प्राचार्य मुकुन्दविक्रम शाहले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको सदनअनुसार मार्चपास्ट, कबड्डी, फुटबल, एथलेटिक, ज्याब्लिङ थ्रो, सटपुट, हाइजम्प, लङजम्पलगायत लामो, छोटो र रिले दौड प्रतियोगिता हुनेछ ।

मानव स्वास्थ्यका लागि खेलकुद नारा दिएर सुरु गरिएको खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश: गोल्ड, सिल्भर र कांस्य  मेडलले पुरस्कृत गरिनेछ ।खेलकुद कार्यक्रमको प्रहरी नायव उपरीक्षक सुरज खड्काले उद्घाटन गरेका थिए ।