Skip This
केपी ओली कप : काेशीको सानदार जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार o६:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केपी ओली कप : काेशीको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o६:२३:oo

केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा काेशीले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी नीलोमाथि नौ विकेटको सानदार जित निकालेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको आयोजक मदन भण्डारी १७.५ ओभरमा ६७ रनमै समेटियो ।

प्रत्युत्तरमा काेशीले ७.४ ओभरमा एक विकेटको नोक्सानीमा ६८ रन जोडेको थियो । समूह ‘डी’मा आयोजक टोलीले दुवै खेल गुमाएको छ । काेशीले दुई खेलबाट ४ अंक बटुल्यो । यस समूहबाट नेपाल आर्मी क्लब ४ अंकका साथ अगाडि नै सेमिफाइनलमा पुगेको थियो । 

काेशीको जितमा ओपनर सोनु अन्सारीले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २२ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । दोस्रो ओपनर अंकित सुवेदीले १७ बलमा दुई चौकाको सहयोगमा १४ रन बटुले । मिनास थापा १८ रनमा नटआउट रहे । उनले सात बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । बलिङमा आयोजकका लागि सुभम खनालले १.४ ओभरमा १९ रन खर्चेर एक विकेट हात पारे ।