Skip This
मकवानपुरको राक्सिराङबाट गोलीसहित पेस्तोल बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १२ मंगलबार १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरको राक्सिराङबाट गोलीसहित पेस्तोल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १५:o८:oo

मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र गाेली बरामद गरेको छ। प्रहरीले पालिकाको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गाेलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गाेली बरामद गरेको हो।

एकजना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। 

पेस्तोल गाेलीसहित बरामद भए पनि पेस्तोल देखाउँदै हिँड्ने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थल पुग्नुअगावै स्थानीयले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा पेस्तोल र गाेली भुइँमा राखी उक्त व्यक्ति फरार भएको प्रहरीले जनाएको छ।

फरार व्यक्तिको खोजी भइरहेको छ।