१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख पाँच हजार नगदसहित पोखराबाट आठ जुवाडे पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३७:oo

एक लाख पाँच हजार पाँच सय ६० रुपैयाँ र ५२ पत्ती ताससहित पोखराबाट प्रहरीले आठजना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका– १४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटअगाडिबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्वतको कुश्मा नगरपालिका– १३ स्थायी घर भएका प्रेमबहादुर कार्कीले सञ्चालन गरेको प्रज्ज्वल प्रतीक खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । 

सो खाजाघरमा जुवातास खेलेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिई गएको प्रहरी टोलीले जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खाजाघर सञ्चालक कार्कीसँगै ललितपुर जिल्ला स्थायी घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष २९ का उत्तम बयलकोटी, लमजुङको शुक्लागण्डकी नगरपालिका– ३ घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ३४ का महेन्द्रबहादुर भुजेल, पोखरा– २२ पुम्दी–भुम्दी बस्ने वर्ष ३५ का तेजराज बराल, मोरङको बेलबारी नगरपालिका– ९ घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ३३ का अर्जुन पौडेल,  सप्तरीको कञ्चनपुर नगरपालिका– ७ घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ३५ का राकेश चौधरी, पोखरा –४ सिद्धार्थचोक बस्ने वर्ष ५२ का कमलराज लामिछाने र  चितवनको भरतपुर महानगरपालिका– ९ घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ५२ का एकबहादुर गुरुङ रहेका छन् । 

पक्राउ परेका उनीहरूलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने)सम्बन्धी मुद्दामा अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
 

ad
ad