१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापारघाटा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१८:oo

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापारघाटा साढे चार खर्ब नाघेको छ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा नेपालले कुल रु. चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजारबराबरको व्यापारघाटा व्यहोरेको हो।

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कुल रु. पाँच खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजारबराबरको वैदेशिक व्यापार गर्दा रु. पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाखबराबरको आयात गरेको छ भने रु. ५० अर्ब ५६ करोड ५३ लाखबराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा आयात ३.७९, निर्यात ७.६८, व्यापार घाटा ३.३४ र समग्र वैदेशिक व्यापार ४.१५ प्रतिशतले घटेको छ ।
       
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालू आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कुल रु. तीन खर्ब ४७ अर्ब तीन करोडबराबरको व्यापार गर्दा रु. दुई खर्ब ८१ अर्ब दुई करोडबराबरको व्यापारघाटा व्यहोरेको छ।

ad
ad