१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाइलटबाबाको पाँचदिने आध्यात्मिक शिविर आजदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

प्रसिद्ध भारतीय आध्यात्मिक गुरु पाइलटबाबाको नेपालमा आज (शुक्रबार) देखि आध्यात्मिक शिविर सुरु हुँदै छ ।शुक्रबारदेखि भरतपुर– ६, देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)मा पाँचदिने आध्यात्मिक शिविर हुन लागेको हो । शिविरका लागि बुधबार नै पाइलटबाबा चितवन आएका थिए । 

रिसोर्टका सञ्चालक देभेन लोहनीका अनुसार यस अन्तर्राष्ट्रिय योग सेमिनारमा नेपालसहित रुस, युक्रेन, जापान, बेलारुस, जर्मनी, अस्ट्रेलिया, अमेरिका, स्पेन, भारतलगायतका देशबाट करिब दुई सय व्यक्तिको सहभागिता हुँदै छ । ८७  वर्षका पाइलटबाबा गत वैशाखमा पनि यस ठाउँमा आएका थिए । उनी अहिले नियमित डाइलाइसिसमा पनि छन् । यद्यपि उनी आफ्ना भक्तहरूका साथमा आध्यात्मिक शिविर गर्दै छन् । उनका देश–विदेशमा हजारौँ भक्त छन्। 

पाइलटबाबाका साथमा उनका शिष्यद्वय महामण्डलेश्वर चेतना माता र श्रद्धा माता पनि चितवनमै छन् । चितवन भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा हुन गइरहेको यस योग सेमिनारले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

कुनै समय पाकिस्तान र चीनका विरुद्ध युद्धमा समेत होमिएका पाइलट भारतीय वायुसेनाको सेवामा लामो समय काम गरेका थिए । अहिले आफ्ना भक्त एवं शिष्यगण माझ पाइलटबाबा उपनामले प्रख्यात उनी सन्त तथा गुरु महायोगीका रूपमा परिचित छन् । 

 

ad
ad