मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार ११:१९:oo

चिसोबाट बच्नका लागि शरीरमा धेरै कपडा लगाउनुपर्ने भएकाले भद्दा देखिने भय महिला र विशेषगरी किशोरीहरूमा हुन्छ । तर, जाडोमा ज्याकेट र स्वेटरलाई मिक्स म्याच गरेर लगाउँदा निकै खुल्छ र स्टाइलिस देखिन्छ । 

फलाटिन : फलाटिनको कपडाले न्यानो बनाउँछ । हेर्दा उलनजस्तो देखिने भएकाले स्टाइलिस पनि देखिन्छ । प्रायः कार्यालय वा औपचारिक कार्यक्रममा जाँदा फलाटिनको सर्ट मानिसको रोजाइमा पर्छ । दिउँसोको समयमा ब्लेजर वा कोटभित्र यसलाई लगाउँदा हुन्छ । तर, अति चिसोमा यसले प्रभावकारी काम दिँदैन । 

टर्टल नेक स्वेटर : अहिले टर्टल नेक स्वेटर निकै चलेको छ । टर्टल नेक स्वेटर लगाउँदा न्यानो पनि हुन्छ । जिन्स पाइन्ट वा स्कर्टमा म्याच गरेर लगाउँदा यसले तपाईंलाई सानदार लुक्स दिन्छ । 

कास्मिरी पस्मिना : शारीरिक रूपमा मोटा युवतीका लागि यो उपयुक्त हुन्छ । यसलाई ओढ्दा शरीर ढाकिने भएकाले न्यानो दिन्छ । अर्कोतर्फ, तपाईंलाई हल्का स्लिम पनि देखाउँछ । हुन त नेपाली पस्मिना पनि राम्रै हुन्छ । तर, यो एकातर्फ महँगो पर्न जान्छ भने अर्कोतर्फ बजारमा पनि कम पाइन्छ । कास्मिरी पस्मिना भने केही सस्तोमा पाइन्छ । त्यसकारण यो निकै चलेको छ । कुर्था–गाउन तथा पार्टीवेयरमा पनि म्याच गरेर यसलाई प्रयोग गर्न सकिन्छ ।