मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ५ मंगलबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई भारतले पठायो चौथो चरणको राहत सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ५ मंगलबार १९:२८:००

भारत सरकारले अत्यावश्यक चिकित्सा सामाग्रीसहितको भूकम्पपीडितका लागि चौथो चरणको राहत सामग्री पठाएको छ। 

सामग्री सोमबार बेलुका नेपाल आइपुगेको र नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ।

नेपाल चिकित्सक संघको मागअनुरूप भारतले राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ। राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन्। 

जाजरकोट र त्यसवरपर गत १७ कात्तिकमा गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टनभन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ।

‘छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ,’ भारतीय दूतावासले भनेको छ, ‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ।’