
न्यायपरिषद्ले सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।
मंगलबार बसेको परिषद्को बैठकले शारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनील पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीश सिफारिस गरेको हो।
उनीहरूमध्ये सुनील पोखरेल र बालकृष्ण ढकाल अधिवक्ता हुन् भने अन्य चारजना उच्च अदालतका न्यायाधीश हुन्। सर्वोच्चमा सात पद रिक्त रहेकामा ६ जनाको सिफारिस भएको हो।