Skip This
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा श्रमदानबाट एक हजार अस्थायी घर–टहरा बनाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
जाजरकोटमा अस्थायी टहरा बनाउँदै कांग्रेस सांसद प्रदीप पौडेलको टोली
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा श्रमदानबाट एक हजार अस्थायी घर–टहरा बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १६:१६:oo

नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्री गगन थापाकाे संयोजकत्वमा बसेको बैठकले ६बुँदे निर्णय गरेको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी थिए।

निर्णयअनुसार पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाइनेछ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।

एउटा समूहमा १० जना रहने गरी २५ समूह बनाइने बताइएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहनेछन्।

यस्तो छ श्रमदानसम्बन्धी कांग्रेसको कार्यविधि :