मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ४ सोमबार ११:४४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूकम्पपीडितलाई सिप्रदीको राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार ११:४४:oo

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधि सञ्चालन गर्न स्थापित सिप्रदीयन सहायता संस्थाले जाजरकोट र रुकुम–पश्चिमको भूकम्प प्रभावित परिवारका लागि राहत वितरण गरेको छ । संस्थाले भूकम्पपीडितका लागि आधारभूत आवश्यकताका सामग्री प्रदान गरेको हो । 

सिप्रदीयन सहायता संस्था, टाटाट्रस्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समिति जाजरकोट र  जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँबराबरको राहत सामग्री प्रदान गरिएको जनाइएको छ ।

संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका सातजना कर्मचारीले जाजरकोट र पश्चिम रुकुममा त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामग्रीको प्याकेज बनाएर राहत सामग्री सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको उल्लेख छ । संस्थाका अनुसार हस्तान्तरण गरेका सामग्रीबाट झन्डै एक हजार दुई सय घरपरिवारका चार हजार आठ सयजना भूकम्पपीडित प्रत्यक्ष लाभान्वित बनेको संस्थाले जनाएको छ । 

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र वासको वैकल्पिक व्यवस्था नभएका पीडितलाई अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडा हस्तान्तरण गरेको बताए । भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रूपमा सहयोग पुर्‍याउने उनको भनाइ थियो । रुकुमको आठबिसकोट नगर प्रमुख रवि केसीले भूकम्प प्रभावित जनताका लागि सिप्रदी सहायता संस्थाले गरेको खाद्यान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

 विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटाट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को सुरुवात गरेको स्मरण गरेको छ । उक्त परियोजनाअन्तर्गत ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट प्रभावित र वैशाख २९ को परकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा नौवटा विद्यालय तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण र हस्तान्तरण गरेको जनाएको छ । 

सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था रहेको जनाइएको छ । संस्थाले शिक्षा, स्वास्थ्य, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिक विपत् र प्रकोपबाट पीडितको आपत्‍कालीन उद्धार, सहयोग तथा पुनस्र्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको उल्लेख छ ।