१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा नारायणी नदी किनारको छठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o३:oo

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठपूजा समापन भएको छ । सूर्यलाई अर्घ्य दिन नारायणगढस्थित नारायणी नदी किनारमा भक्तजनको बाक्लो उपस्थिति थियो । व्रतालुले नदी तलाउमा बनाइएका पूजास्थलहरूबाट आइतबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु परिवार रातभर पूजास्थलमा जाग्राम बसेका थिए । यहाँ तराई सामुदायिक सेवा समितिले छठपूजा व्यवस्थापन गरेको थियो । 

छठ मिथिला क्षेत्रमा विशेष रूपले मनाइने गरिन्छ । तर, पछिल्ला वर्षहरूमा छठको ख्याति देशभर फैलिएको छ । चितवनमा मिथिला क्षेत्रका मात्रैले नभएर स्थानीयले पनि छठको पूजा गरेका थिए । चितवनमा नारायणगढस्थित नारायणी किनारमा मात्रै नभएर चितवनको माडी, गीतानगर, पटिहानी, पदमपुर, खैरहनीलगायतका क्षेत्रका खोला तथा जलाशयहरूमा पनि छठ मनाउनेहरूको भिडभाड थियो । तस्बिरमा नारायणी नदी किनारको छठ :


 

ad
ad