१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ स्टक एक्सचेन्ज प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५२:oo

नयाँ स्टक एक्सचेन्जको पक्रिया अघि बढाउन अर्थ समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठकले रोकिएको स्टक एक्सचेन्जको पक्रियालाई अघि बढाउन निर्देशन दिएको हो । 

यसअघि नयाँ स्टक एक्सचेन्जको प्रक्रिया गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा अन्तिम समयमा रोकिएको थियो । अर्थ समितिका सभापति सन्तोष चालिसेले विभिन्न तहबाट धेरैपटक गरी भएको छलफलले यसलाई रोकेर राख्नुको अर्थ नभएकाले सबै सांसदहरूको सहमतिमा निर्देशन दिएको बताए ।

समितिले उक्त निर्देशन दिएसँगै सांसद स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जलाई अघि बढाउनै नहुने भन्दै (नोट अफ डिसेन्ट) आपत्ति जनाएका छन् । उनले यसअघि पुराना समितिले गरेको अध्ययनको भारी अहिलेको समितिले नबोक्ने र थप स्टक आवश्यक छ वा छैन भनेर पुनः अध्ययन गर्नुपर्ने बताए । उनले भने, ‘नयाँ स्टक एक्सचेन्जमा शंका गर्ने ठाउँमा छ, हिजो गरेको अध्ययनले आज फेरि आवश्यकता छ भन्नु गलत हो ।’

संसद्मा नयाँ स्टक एक्सचेन्जको विषयमा सांसदहरूले नीतिगत भ्रष्टाचार भएको भन्दै प्रश्न उठाएका थिए । तीव्र विवादित बनेपछि प्रधामन्त्रीको निर्देशनमा रोकिएको थियो । बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो ।

अघिल्लो वर्ष असारमा गैरकानुनी रूपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले स्टक एक्सचेन्ज खोल्ने बाटो खुला गरिदिएसँगै प्रक्रिया अगाडि बढेको थियो ।    

ad
ad