१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कौशलटारमा फेला परेको चितुवा नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:५१:oo

भक्तपुरको मध्यपुरठिमी नगरपालिका– ३ कौशलटारमा फेला परेको चितुवालाई नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको टोलीले डार्ट प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

बिहान साढे ६ बजेतिर गठ्ठाघरमा एक स्थानीयको घरको झ्यालमा बसेको अवस्थामा चितुवा देखिएको थियो। चितुवाले आक्रमण गरेपछि ‘रेस्क्यु टिम’ बोलाइएको थियो।

चितुवाको आक्रमणबाट दुईजना सामान्य घाइते भएका छन्। अहिले डिभिजन वन कार्यालय भक्तपुरमा राखिएको चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने बताइएको छ।

उक्त चितुवा कहाँबाट आएको हो भन्ने स्पष्ट भएको छैन।

तस्बिरहरू :

 

ad
ad