१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मधेशकै पहिलो क्युएफएक्स सिनेमा वीरगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo

वीरगन्जमा मधेश प्रदेशकै पहिलो सुविधासम्पन्न मल सञ्चालनमा आएको छ ।आदर्शनगरमा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।वीरगन्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेश प्रदेशकै पहिलो र एक मात्र मल्टिप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ ।

मलले क्युएफएक्ससँगको सहकार्यमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ । काठमाडौं, पोखरालगायत देशका अधिकांश ठूला सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगन्जको स्काइलाइन मलमार्फत मधेश प्रदेशमा प्रवेश गरेको हो ।
त्यस्तै, मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित होटेल चेन सरोभर पोर्टी पनि सञ्चालनमा आउन लागेको छ ।

आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभर पोर्टी होटेलले वीरगन्ज र आसपासका बासिन्दालाई अन्तर्राष्ट्रियस्तरको सेवाको मौका दिने मल सञ्चालकले जनाएका छन् । दशतले मलमा रिटेल स्टोरसहित पार्टी, फंक्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रियस्तरको क्यासिनो, स्विमिङ पुल, रुफटप रेस्टुराँलगायतका सुविधा रहेका छन् । 

हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समयभित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ । बिहीबारदेखि मलमा रहेको क्युएफएक्स सिनेमा हल भने सञ्चालनमा आएको छ । हलमा तीनवटा छुट्टाछुट्टै अडिटोरियम स्क्रिनहरू छन् । जहाँ एकैपटक तीनवटासम्म चलचित्र देखाउन सकिने सञ्चालकले जनाएका छन् । 

कुल तीन सय ८२ सिटसहित हलका दुईवटा अडिटोरियममा रिक्लाइनर सिट पनि छ । मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगन्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकले विश्वास लिएका छन् । 

ad
ad