मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Thursday, 19 December, 2024
२o८o कार्तिक २४ शुक्रबार o७:५९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार o७:५९:oo

भूकम्पप्रभावित क्षेत्रको पठनपाठनलाई कसरी निरन्तरता दिन सकिएला ?
प्रभावित क्षेत्रका बालबालिकालाई भूकम्प किन र कसरी जान्छ ? भूकम्प गएको समयमा कसरी सुरक्षित हुन सकिन्छ ? संसारभर कहाँ–कहाँ बढी भूकम्प जान्छ ? जापान, इन्डोनेसियाजस्ता देशले भूकम्पबाट सुरक्षित हुन के–कस्ता उपाय अपनाएका छन् र हाम्रो अवस्था कस्तो छ ? भूकम्पबाट सुरक्षित घर कसरी निर्माण गर्ने र आफ्नोपन कसरी कायम राख्ने ?

जस्ता विषय सिकाएर बालबालिकालाई भूकम्पबारे जानकार गराउनु शिक्षा होइन र ? भूकम्पमा घर भत्किनुका कारणमा विज्ञान सिकाउन सकिन्छ । भूकम्पबाट भएको धनजनको क्षतिको हिसाबकिताबबाट गणित सिकाउन सकिन्छमानिसहरूमा परेको समस्यालगायत पक्षबाट सामाजिक शिक्षा सिकाउन सकिन्छ । प्रभावित क्षेत्रमा पुग्ने विभिन्न उद्धारकर्ता र अन्य नौला मानिससितको अन्तक्र्रियाबाट भाषा सिकाउन सकिन्छ ।

यसका लागि के–कस्ता मोडल विकल्प हुन सक्लान् ?
अहिले मोबाइल र टेलिभिजनको पहुँच गाउँगाउँसम्म पुगेको छ । त्यसैले निश्चित सेन्टर बनाएर बालबालिकालाई तिनै साधनमार्फत शिक्षा दिन सकिन्छ । एनजिओ÷आइएनजिओलाई पनि यसमा परिचालन गर्न सकिन्छ । जिल्लाबाहिरबाट पनि स्वयंसेवी शिक्षक लगेर शिक्षा दिन सकिन्छ । बालबालिकालाई घरघरमा पठाएर एकअर्काबीच सहकार्य गराउन सकिन्छ ।  

विद्यार्थीको मनोविज्ञानमा परेको आज्ञात कम गर्न के गर्नुपर्ला ?
हामीमा कुनै पनि पीडा या आघातलाई छिटै भुल्ने सामथ्र्य छ । हामीले ०७२ को भूकम्पको पीडा भुलिसक्यौँ । मास काउन्सिलिङबाट पनि बालबालिकामा परेको आघात कम गर्न सकिन्छ । विगतको भूकम्प झेलेका बालबालिकालाई प्रभावित क्षेत्रमा लगेर संवाद गराउन सकियो भने त्यो पनि प्रभावकारी हुन सक्छ ।