१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:११:oo

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताव आलमसँग सम्बन्धित मुद्दामा अदालतले बहस नोट पेस गर्न आदेश गरेको छ ।

जिल्ला अदालत रौतहटका अनुसार बहसमा उत्रिएका अधिवक्ताले मुद्दामा गरिएका बहस नोट बनाएर अदालत पेस गर्नुपर्नेछ । नोट अबको १५ दिनभित्र अदालतमा पेस गर्नुपर्नेछ । अदालतले बुधबार बहस नोट १५ दिनभित्र पेस गर्न पक्ष र विपक्षमा बहस गर्ने अधिवक्तालाई आदेश गरेको छ । 

अदालतका स्रेस्तेदार उद्धव ढोडारीले मुद्दामा गरिएका बहस १५ दिनभित्र लिखित नोट बनाएर पेस गर्न अदालतले आदेश गरेको जानकारी दिए । ‘आलमसँग सम्बन्धित मुद्दामा बुधबार पनि बहस भयो । अदालतले अबको १५ दिनभित्र बहस नोट पेस गर्न आदेश गरेको छ । आदेशपछि मुद्दाको पक्ष र विपक्षबाट बहस गर्ने अधिवक्ताले आफूले गरेको बहसको लिखित नोट बनाएर अदालतमा पेस गर्नुपर्नेछ । मुद्दाको फैसला त्यसपछि मात्रै होला,’ उनले भने । मुद्दाको बहस जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मंगलबारदेखि भइरहेको छ । मुद्दामा जटिलता देखिएपछि अदालतले बहस नोट पेस गर्न आदेश दिएको स्रेस्तेदार ढोडारीले बताए । ‘मुद्दा जटिल प्रकृतिको छ । त्यसो हुँदा बहस नोट पेस गर्न भनिएको हो । जटिल मुद्दामा यस प्रकारमा अभ्यास हुने गरेका छन्,’ उनले भने । 

अदालतका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार नै सकिएको थियो । जाहेरीवालातर्फका वकिलको बहस भने बुधबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको थियो । बाँकी रहेका केही वकिलले बुधबार बहस गरेका थिए ।

ad
ad