१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चीनद्वारा २८ करोडको थप राहत प्रदान, जनमुक्ति सेनाका दुई कार्गो जहाज पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४५:oo

जाजरकोट र रुकुम पश्चिdमा गएको भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि चिनियाँ सरकारको तर्फबाट २८ कारोडबराबरको राहत सामग्री बुधबार पोखरा आइपुगेको छ। 

भूकम्प गएलगत्तै चीनले नेपाललाई १० करोडबराबरको राहत सामग्री प्रदान गर्ने घोषणा गरेको थियो। पोखरा आएका सामग्री चीनले घोषणा गरेको १० करोडको अलावा थप सहयोग हो। 

चिनियाँ जनमुक्ति सेनाका दुई काग्रो जहाजबाट ती सामग्री सीधै पोखरामा ल्याइएको हो। चीनको छेन्दु विमानस्थलबाट राहत सामग्री लिएर आएका दुई जहाज बिहान ९ः३० बजे सीधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। 

विमानस्थलमा ल्याइएका सामग्री चिनियाँ राजदूत चेन सोङले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे।

विमानस्थलमा आयोजित कार्यक्रममा राजदूत सोङले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई चार हजार ६ सय थान ब्ल्यांकेट र उच्च गुणस्तरका ६ सय थान टेन्ट हस्तान्तरण गरेका थिए। 

ती सामग्रीको तौल एक लाख ७९ हजार केजी छ। चीनले प्रदान गरेका राहत सामग्री सशस्त्र प्रहरीले पोखराबाट ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम लाने भएको छ।

 सहयोग सामग्री बुझेपछि गृहमन्त्री श्रेष्ठले चीनले प्रदान गरेको सामग्रीहरूमध्ये ब्ल्यांकेट भूकम्प प्रभावित सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए। प्राप्त टेन्टहरू उच्च गुणस्तरको रहेकाले सरकारी कार्यालयहरू, पालिकाका कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत अन्य कार्यालयहरू सञ्चालनका लागि प्रयोग गरिने बताए।

भूकम्प गएलगत्तै चीनले नेपाललाई १० करोडबराबरको राहत सामग्री प्रदान गर्ने घोषणा गरेको भए पनि पोखरा आएका सामग्री १० करोडको अलावा थप सहयोग रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठले भने, ‘चीनले घोषणा गरेको १० करोडको सामग्रीहरू केरुङ नाकाबाट आइसकेको छ, पोखरा आएका सामग्रीहरू थप सहयोग सामग्रीहरू हुन्। नेपाललाई संकटसँगै दुःख पर्दा चीनले सधैँ साथ र सहयोग दिने गरेको छ।’ 

उनले २०७२ को भूकम्प, कोरोनाको समयमा चीनले गरेको सहयोगको स्मरणसमेत गर। राजदूत सोङले दुःखका समय नेपाली जनता र नेपाल सरकारसँग चीन सधैँ साथमा रहेको बताए। 

भूकम्पले गरेको क्षतिको जानकारी पाएसँगै राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका थिए। उनले  दुई देशबीचको सम्बन्ध दुःख र संकट परेका समय एकले अर्कालाई सहयोग गर्दै अघि बढेको भन्दै आवश्यकताका आधारमा आउँदा दिनमा समेत चीन नेपाललाई परेको सहयोग गर्न तयार रहेको बताए। 
 

ad
ad