मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २२ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी सजाउनुस् कार्यस्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार ११:२२:oo

काम गर्ने कोठा आरामदायी हुनुपर्छ । त्यही कारण पछिल्लो समय धेरैले इन्टेरियर डिजाइनरसँग परामर्श गरेर कार्यस्थलको सजावट र व्यवस्थापन गर्छन् । व्यवस्थित डिजाइन गरिएको कार्यकक्षमा काम गरिरहँदा स्फूर्ति बढ्छ । फर्निचरको रङ, डेस्कको सजावट तथा आसपासमा रहेका सामग्रीले मानिसलाई आरामदायी महसुस गराउँछ र सिर्जनशिल बनाउँछ । तसर्थ, सिर्जना सुन्दर र सुविधाजनक कार्यस्थल उत्पादकत्व बढाउनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

- सकेसम्म काम गर्ने स्थान प्रकाश छिर्ने र आकर्षक हुनुपर्छ । सानो क्षेत्रफलमा पनि सुन्दर र आकर्षक कार्यस्थल बनाउन सकिन्छ । व्यवस्थित कार्यस्थलले सफलतालाई समेत प्रभावित पार्ने हुँदा कार्यालयमा सबै कुरा व्यवस्थित, सफा र आकर्षक हुनुपर्छ । कार्यस्थलमा आवश्यक पर्ने कलम, डायरी, टेलिफोनलगायत अन्य सामग्री चिटिक्क पारेर राख्नुपर्छ । कागजातको व्यवस्थित भण्डारण, पुस्तकालय र अध्ययन कक्षको व्यवस्थाले पनि काममा उत्साहित बनाउँछ । 

- कार्यकक्ष, भित्तामा सकारात्मक ऊर्जा दिने खालका पेन्टिङ वा कलाकृति, इन्डोर प्लान्ट, हँसिलो फोटो, लामो समय बसेर काम गर्दा सजिलो हुने कुर्सी भएमा मन आनन्दित हुन्छ । 

- कार्यस्थलमा इन्डोर प्लान्ट राख्दा झन् फाइदा हुन्छ । यसले स्वच्छ हावा र शीतलता मात्रै प्रदान गर्दैन, अफिस सजावटमा पनि सहयोग गर्छ । अफिस कोठाका लागि ह्यांगिङ प्लान्टहरू पनि राख्न सकिन्छ । कार्यालय परिसरमा विभिन्न फूल–बिरुवा रोपेर बगैँचा पनि बनाउन सकिन्छ । 

- हामीले कार्यस्थलमा लामो समय व्यतीत गर्छौं । त्यही कारण यसलाई सजाएर चिटिक्क बनाउन जरुरी छ । । शान्त र आनन्ददायी वातावरणमा मात्रै हामी सही तरिकाले काम गर्न सक्छौँ ।