१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हवाई इन्धन डिपो राख्न जग्गा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५७:oo

नेपाल आयल निगमले जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो राख्न नागरिक उड्डयन प्राधिकरणसँग ६ कट्ठा जग्गा माग गरेको छ । कर्णालीको दुर्गम र रमणीय गन्तव्यहरूमा पर्यटकलाई आकर्षित गर्न जुम्लाबाट विभिन्न ठाउँमा कनेक्टिङ फ्लाइट गर्ने योजनासहित प्राधिकरणले जुम्ला विमानस्थललाई विस्तार गर्ने गरी नयाँ गुरुयोजना स्वीकृति गरिसकेको छ । नयाँ गुरुयोजनाअन्तर्गत रहने गरी उपयुक्त स्थानमा ६ कट्ठा जग्गा प्राधिकरणले उपलब्ध गराए सानो भण्डारण गृहसहित कार्यालय राखेर जुम्ला विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउन तयार रहेको निगमको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

‘सोमबार दिउँसो जुम्ला विमानस्थल कार्यालयमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा सर्वपक्षीय छलफल भएको छ,’ गोइतले भने, ‘सो छलफलमा जुम्लामा हवाई इन्धन डिपो राख्न हामी तयार रहेको जानकारी दिएका छौँ । त्यसका लागि प्राधिकरणले ६ कट्ठा जग्गा दिए हामी सेवा सुचारु गर्न सक्छौँ भनेका छौँ ।’ हाल नेपालगन्ज विमानस्थललाई उद्गम मानेर जुम्ला विमानस्थलमा समिट, तारा र नेपाल एयरलाइन्सको एक–एकवटा गरी दैनिक ३ फ्लाइट गर्दै आएका छन् ।

धेरै इन्धन बोक्नुपर्दा जहाजको भाडादर महँगो पर्नुका साथै जहाजहरूले तुलनात्मक रूपमा थोरै यात्रुसमेत ओसार्दै आएका छन् । जुम्लामा इन्धन भर्ने सुविधा भए उडान संख्या बढ्ने तथा अन्यत्र कनेक्टिङ फ्लाइट र हेलिकोप्टरको चार्टर्ड उडानमा समेत वृद्धि हुने स्थानीय जनप्रनिधिले जानकारी दिएको गोइतले बताए । सोमबारको छलफलमा सहभागी प्राधिकरणका इन्जिनियर प्रकाश श्रेष्ठले नयाँ गुरुयोजनाअनुसार जुम्ला विमास्नथलको धावन मार्ग र ट्याक्सी वे विस्तार गरिने र आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने बताए । 

ad
ad