मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Wednesday, 18 December, 2024
२o८o कार्तिक २० सोमबार १८:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढी एफसीको मिडफिल्डरमा ओमप्रकाश अनुबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १८:१२:oo

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ। चौधरी प्लानिङ ब्वाइजलाई यस वर्ष ‘सी’ डिभिजनबाट ‘बी’ डिभिजनमा उकाल्न महत्त्वपूर्ण भूमिका खेलेका प्रतिभावान मिडफिल्डर हुन्।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपसमेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा हस्ताक्षरपश्चात् ओमप्रकाशले स्थानीय खेलाडीका रूपमा ‘होम टाउन’को टोलीसँग अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गरे।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने विश्वास व्यक्त गरे।

धनगढी एफसीले यसअघि युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फ्लू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ। धनगढी एफसी नेपाल सुपर लिगको पहिलो संस्करणको उपविजेता हो। लिगको दोस्रो संस्करण आगामी ८ मंसिरदेखि २१ पुससम्म काठमाडौंको दशरथ रंगशालामा     हुँदै छ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन्। आशिषले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज युनाइटेडबाट खेल्दै टोलीलाई लिगको विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, अक्सनबाट धनगढी एफसीले साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्रसिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिशरत्न छुन्जु र रामचन्द्र बाजीलाईं अनुबन्ध गरिसकेको छ। प्रशिक्षकमा युगोलकिशोर राईलाई निरन्तरता दिएको छ। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी २६ नोभेम्बरमा वीरगन्ज युनाइटेडसँग खेल्ने तालिका छ।