१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

साहित्यकार  कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२२:oo

साहित्यकार  कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ औपचारिक रुपमा सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा  साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालोचक कुमारी लामा, कथाकार तथा कवि अभय श्रेष्ठ, पत्रकार मोहराज शर्मा र लेखकका बुवा दीपकराज न्यौपानेले संयुक्त रूपमा पार्श्वधुनको औपचारिक सार्वजनिक गरे ।

हाल अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार कुसुमको यो पहिलो कथा संग्रह हो । शिखा बुक्सले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ।

यसअघि उनको  ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता २’ संयुक्त गजलसंग्रहलगायतका पुस्तक प्रकाशित भएका छन् । 

ad
ad