१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १९ आइतबार o५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : असल मानिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o५:५६:oo

प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटाको बीचमा केही ठुला ढुंगा राख्न लगाइन् । आफूले चाहेजसरी ढुंगा राखिसकेपछि उनी दरबारको एउटा कुनामा लुकिन्, जहाँबाट ढुंगा राखिएको स्थान प्रस्ट देखिन्थ्यो । रानी कसले ती ढुंगा हटाउँछ र कसले त्यसलाई वास्ता नगरी अघि बढ्छ भनेर हेर्न चाहन्थिन् । 

त्यही बाटो हुँदै राज्यका धनी व्यापारी र दरबारियाहरू अघि बढे । उनीहरूले मुस्किलले ती ढुंगा पार गरे । तर, कसैले पनि ढुंगा हटाउन कोसिस गरेनन् । अझ कसैकसैले त आफ्नो दरबारअगाडिको बाटामा यति ठूला ढुंगा देख्दा पनि तिनलाई हटाउन कुनै पहल नगरेको भन्दै रानीलाई नै दोष दिए । तर, कोही पनि ती ढुंगा हटाउन रोकिएनन् । दिनभरमा सो बाटो हुँदै सयौँले यात्रा गरे । तर, कसैले पनि ढुंगा हटाउने कोसिससम्म गरेनन् । 

अर्को दिन एक किसान डोकामा तरकारी लिएर बजारतिर जाँदै थिए । बाटामा ढुंगा देखेपछि उनी टक्क रोकिए । तरकारीको डोको कुनामा बिसाए र ढुंगा हटाउन थाले । ढुंगा हटाउँदै जाँदा उनले एउटा ढुंगामुनि टाँड परेको स्थानमा सुनले भरिएको एउटा सानो झोला भेटे । त्यसमा एउटा पत्र पनि थियो । जुन रानी स्वयंले लेखेकी थिइन् । 

पत्रमा लेखिएको थियो– प्रिय असल मानिस, यो सुन तिम्रो असल कामको पुरस्कार हो । यस देशमा तिमीजस्तै असल मानिसको ठूलो खाँचो छ ।

ad
ad
ad
ad