१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार o८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घाइतेको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार o८:३o:oo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।  

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे। ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरूसँग टेलिफोनमा कुराकानी गरेँ। यति वेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरू उद्धारमा खटौँ,’ उनले भनेका छन् , ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो।’

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन्।