१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १४:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाली क्रिकेटको भविश्यबारे सन्दिप लामिछाने चिन्तित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १४:३७:००

सन्दिप लामिछाने यतिखेर इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न भारतमा छन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले यसपटकको आइपीएलमा सन्तोषजनक प्रदर्शन पनि गरेका छन् । 

तर आइपीएल खेलिरहँदा पनि उनले नेपाली क्रिकेटको भविश्यबारे चिन्ता व्यक्त गरेका छन् । उनले अप्रिल २९ मा ट्विट गर्दैै नेपाली क्रिकेटको अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन् । 

‘यतिखेर मध्यरात भएको छ र म हाम्रो नेपालको क्रिकेटबारे सोचिरहेको छु । यो दुखद कुरा हो कि हामी अझै निलम्बनमा छौ र यो ३ वर्षदेखि जारी छ । हामी नेपाली क्रिकेटको सुधारिएको भविश्यका बारे सोचिरहेका छौ भने आफूभित्रै त्यो प्रतिबद्धता र इमान्दारिता आवश्यक छ,’ उनले गरेको ट्विटमा छ ।