१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १६ मंगलबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खेलाडीलाई बधाई दिन नबिर्सने सरकारले घोषणा गरेको पुरस्कार दिन बिर्सियो : असिम साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १३:३७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले पुरस्कार घोषणा गरेरसमेत नदिएकोमा आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीलाई बधाई दिन नर्बिसने सरकारले घोषणा गरेको पुरस्कार दिन भने बिर्सेको टिप्पणी गरेका हुन्।

‘क्रिकेट खेलाडीले लिग जितिरहे, सरकारले उधारो पुरस्कार घोषणा गर्दै गयो। खेलाडीले पाउनुपर्ने रकम १६–१७ लाख जम्मा भइसकेको छ। १७ लाखमा दुई रुपैयाँ पनि दिन सकिएको छैन,’ उनले भने, ‘तपाईंहरू खेल खेल्न जानुस् फर्कँदा खातामा पैसा आउँछ भन्नुभयो प्रधानमन्त्रीले, तर भुक्तानीको कुनै सुरसार  छैन।’ 

दलाल, बिचौलिया र ठेकेदारको कुरा भएको भए अग्रिम भुक्तानी भइसकेको हुने भए पनि खेलाडीलाई सरकारले झुटाे आश्वासन दिएको भन्दै सांसद साहले आलोचना गरे।

‘दलाल, बिचौलिया, ठेकेदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला। ब्याकडेटमा चेक बन्थ्यो होला। खेलाडीलाई झुटाे आश्वासनमा झुलाइएको छ। जितेर आएकाहरूको त हाल यो छ भने जित्न बाँकी र सिक्दै गरेकाहरूको हालत के होला ?’

खेलकुद मन्त्रालय कसैले पनि लिन नचाहने मन्त्रालय बनेकोप्रति समेत उनले चिन्ता व्यक्त गरेका छन्।