१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १५ बुधबार १o:५४:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १o:५४:oo

- स्मार्ट वाच खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्रयाकर र हर्ट बिट ट्रयाकर भएका स्मार्ट वाच मात्रै किन्नुपर्छ । 

- व्यायामका दौरान तपाईंलाई हर्ट बिट जान्न जरुरी हुन्छ । त्यस्तै, निद्रापछि पनि तपाईंलाई कति समय गहिरो निद्रा पर्‍यो भनेर जान्न जरुरी हुन्छ । गहिरो निद्राको समय कम हुँदा मानिसको दैनिकीमा असर गरिरहेको हुन्छ । त्यसैले स्लिप ट्रयाकर फिचर पनि तपाईंको स्मार्ट वाचमा समावेश हुनु राम्रो हुन्छ । 

- अटो ब्राइटनेस सेन्सर भएका स्मार्ट वाच किन्नु राम्रो हुन्छ । जसकारण, अँध्यारो हुँदा पनि घडीको ब्राइटनेस आफैँ नियन्त्रणमा आओस् र अँध्यारोमा पनि समय हेर्न सकियोस् । 

- स्मार्ट वाचमा फोन गर्न मिल्ने, म्यासेज रिड गर्ने र सोसल मिडिया फिचर्सका सुविधा हुनुपर्छ । ताकि, कुनै पनि नोटिफिकेसन मिस नहोस् । 

- आजकल हरेक कम्पनीले अलग–अलग साइज, मोडेल र कलरका घडी बजारमा ल्याइरहेका छन् । तपाईंले आफ्नो रोजाइअनुसार किन्न सक्नुहुन्छ । तर, कुनै पनि स्मार्ट वाचको ब्याट्री ब्याकअप ६–७ दिनको हुन आवश्यक छ ।