१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Saturday, 21 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८o कार्तिक १४ मंगलबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार २o:३७:oo

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ। यही २२ देखि २४ कात्तिकसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरूको सहभागिता रहनेछ। 

आयोजक संस्थाका प्रतिनिधि डा. राकेशकुमार सिंहले मंगलबार जानकी मन्दिरमा पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन्। 

ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य संगठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भुटान, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, जर्मनीसहितका अधिकांश युरोपेली राष्ट्रहरूको सहभागिता रहने उनले बताए। 

उनका अनुसार करिब डेढ करोडको लागतमा हुने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।

स्थानीय महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने उक्त सम्मेलनमा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले जानकारी दिए। 

सम्मेलनले जनकपुरधामको धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउँदै डा. सिंहले सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको नगरपालिकासहितले सहयोग गर्ने आश्वासन दिएको बताए।