१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिमानी आरोही निर्मल पुर्जाले सुरु गरे ‘स्काई-डाइभिङ’ (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१६:oo

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले हिमालय क्षेत्रमा व्यावसायिक स्काई–डाइभिङकाे सुरुवात गरेका छन् । उनी आफैँले पनि सगरमाथा क्षेत्रमा स्काई डाइभ गरेका छन् । उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका छन् । निम्स दाइले पोखरा र सगरमाथा क्षेत्रमा स्वेदशी तथा विदेशीलाई स्काई डाइभसमेत गराइसकेका छन् । ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन स्काई डाइभको औपचारिक सुरुवात गरेका हुन् ।

देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित सगरमाथा स्काई डाइभ सुरु गरेको उनले बताएका छन् । यसले देशमै उच्च सीपयुक्त रोजगारीसमेत सिर्जना गर्ने उनको भनाइ छ । यसअघि नै एक्सप्लोर हिमालयले पोखरा र सगरमाथा क्षेत्रमा व्यावसायिक स्काई डाइभिङ गराउँदै आएको छ । सर्वोच्च शिखर सगरमाथाको काखमा गरिने स्काई डाइभले नेपाली पर्यटन र अर्थतन्त्रमै ठूलो टेवा पुर्‍याउने उनको विश्वास छ । 

निम्स दाइले बेलायतको सैन्य बलमा रहँदा वर्षाैँ लामो प्यारासुटिङसम्बन्धी अनुभव संगालेका थिए । त्यसैले उनी साहसी पर्वतारोही मात्रै होइनन्, सफल स्काइडाइभर पनि हुन् । उनले सुरुवात गरेका स्काई डाइभमा साहसिक गतिविधिमा रमाउने व्यक्तिहरूलाई ट्रेकिङको साथमा २३ हजार फिटको उचाइबाट उड्ने अवसरसमेत प्राप्त हुनेछ ।

‘स्काई–डाइभ निम्स दाइको दुईवटा उद्देश्य छन्,’ उनले भने, ‘पहिलो, मानिसहरूलाई आफ्नो सीमा बढाउन प्रेरित गर्ने र दोस्रो, उनीहरूको ‘नयाँ सम्भावना’ प्राप्तिका लागि सहयोग गर्ने ।’ उनले ‘इलाइट एक्पेड’ नामक ट्रेकिङ कम्पनी सञ्चालन गर्छन्, जसले स्वदेशी तथा विदेशी आरोहीहरूलाई सगरमाथासहित विश्वभरका हिमाल आरोहण गराउँदै आएको छ । उनले महँगो मूल्य तिर्न सक्ने खर्चालु विदेशी आरोहीहरू ल्याउने गरेको पर्यटन व्यवसायी बताउँछन् । 

 

ad
ad