१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढ्यो

तीन महिनामा साढे १६ अर्ब विदेशी लगानी प्रतिबद्धता, एक हजार ९३ विदेशीलाई व्यावसायिक भिसाको सिफारिस  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५४:oo

आन्तरिक अर्थतन्त्र सुस्त भइरहेकै अवस्थामा पनि वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा साढे १६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढी हो । 

अघिल्लो आवको पहिलो तीन महिनामा करिब आठ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो । विभिन्न देशका लगानीकर्ताले उद्योग विभागबाट गत साउनदेखि असोज मसान्तसम्ममा १६ अर्ब ६० करोेड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत गराएका हुन् ।  यस अवधिमा विदेशी लगानीका एक सय ५१ वटा उद्योगले स्वीकृति पाएका छन् । ती उद्योगले साढे १६ अर्ब लगानी गर्दै सात हजार ६ सय ७२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । 

विदेशी लगानीकर्ताले साना प्रकृतिका उद्योगमा लगानीको प्रतिबद्धता बढी गरेका छन् । विभागबाट यस अवधिमा एक सय ४४ वटा साना, चारवटा मध्यम र तीनवटा ठूला उद्योगमा विदेशी लगानी स्वीकृति भएको हो । विभागका अनुसार सबभन्दा बढी अर्थात् ७१.४७ प्रतिशत विदेशी लगानी प्रतिबद्धता पर्यटन उद्योगमा आएको छ । त्यस्तै, सेवा उद्योगमा ५७.३८ प्रतिशत र उत्पादनमूलक उद्योगमा १२.८ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । पूर्वाधार उद्योगमा ४.२ प्रतिशत, आइसिटीमा ५.३ प्रतिशत र कृषिमूलकमा १.१ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा विभागले एक हजार ९३ वटा व्यावसायिक भिसाका लागि सिफारिस गरेको छ । नेपालमा लगानी गर्ने सात सय ८१ जनालाई व्यावसायिक भिसाका लागि सिफारिस गरिएको हो । लगनीकर्ताका ८६ प्रतिनिधि  र दुई सय २६ आश्रितलाई भिसाका लागि सिफारिस गरिएको छ । 

ad
ad