Skip This
एन्जिलाले पुन: सेथु एफसीबाट खेल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ११ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ११ शनिबार o८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्जिलाले पुन: सेथु एफसीबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ११ शनिबार o८:o१:oo

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आइलिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) को लागि सम्झौता नवीकरण गरेकी छिन्। गत सिजनमा समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । 

‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ,’ एन्जिलाले भनिन्, ‘अघिल्लोपटक सोचेजस्तो भएन। यसपटक च्याम्पियन हुने योजना छ।’ सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ। दुई पक्षबीच भएको सम्झौता गोप्य राखिएको छ। 

एन्जिलाको आइलिगमा दोस्रो संस्करण हो। अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो। एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन्। 

आइलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साबिक विजेता गोकुलम केरेलासँग खेल्नेछ। दोस्रो खेल भने इस्ट बंगानसँग रहेको छ। गत सिजन सावित्रा भण्डारी सम्मिलित गोकुलम च्याम्पियन भएको थियो। 

यसपटक सात टोली मात्रै लिगमा हुनेछन्। गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इस्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन्। लिग मार्चसम्म चल्नेछ।