१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतले ९५ हजार टन चामल आयात गर्न दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५६:oo

 भारतले चामल निर्यातमा रोक लगाउने नीतिलाई संशोधन गर्दै यो वर्ष नेपालका लागि ९५ हजार टन चामल निर्यात गर्न दिने निर्णय गरेको छ ।भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई निर्यातमा लगाएको रोकसम्बन्धी नीतिलाई संशोधन गरेको जनाएको हो । तर, भारतले बासमतीबाहेकका मोटा चामल मात्रै निर्यातका लागि खुला गरेको जनाएको छ । 

भारतले बासमतीबाहेकको चामल निर्यातमा खुकुलो नीति लिए पनि नेपाललाई भने खासै असर नपर्ने अधिकारीहरू बताउँछन् । नेपालबाहेक क्यामरुनलाई एक लाख ९० हजार टन, आइभोरिकोस्ट र गिनियालाई समान एक लाख ४२ हजार टन, मलेसियालाई एक लाख ७० हजार टन, फिलिपिन्सलाई दुई लाख ९५ हजार टन र सिसेल्सलाई आठ सय टन चामल निर्यातका लागि खुला गरेको महानिर्देशनालयले सूचनामार्फत जनाएको छ ।

भारतले चामल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको भन्दै मूल्य बढाइएको छ । नेपालले भने तत्काल एक लाख टन बासमती तथा मसिनो चामल आयातको माग गर्दै भारतलाई पत्राचार गरेको थियो । 

ad
ad