१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुपन्डोलमा महिन्द्राको ट्विन पिक २ एस सर्भिस सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४७:oo

नेपालका लागि महिन्द्रा फोरह्विलरको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्कसले ललितपुरको कुपन्डोलमा नयाँ ट्विन पिक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले  ललितपुर र वरपर बसोवास गर्ने ग्राहकलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्ने उद्देश्यले नयाँ सेवा केन्द्र स्थापना गरेको हो । 

सर्भिस सेन्टरको उद्घाटन महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसनअन्तर्गत एपिएसी एन्ड सपोर्टिङ फंक्सनका क्षेत्रीय प्रमुख जोइदीप मोइत्रा, नेपाल, भुटान र बंगलादेशका लागी कन्ट्री हेड चैतन्य कगलकार, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेको जनाइएको छ । 

बालाजु अटो वर्कसले नयाँ २ एस ट्विन पिक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकलाई आग्रह गरेको छ । आफ्ना सेवाहरू यसरी नै नेपालभरि विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

ad
ad