१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्डको ‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५३:oo

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणपछि राति नै निवास फर्केका छन् । दिउँसो करिब ३ बजेतिर छातीमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा ठूलो समस्या नदेखिएपछि राति निवास लगिएको हो । 

‘कोरोनरी एन्जिओग्राम’ सामान्य देखिएपछि छातीमा अन्य कुनै समस्या नभएको स्पष्ट भएको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डको उपचारमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टसहितको टोली खटिएको थियो । 

छाती तथा मुटुसम्बन्धी कुनै पनि समस्या नदेखिएको र मंगलबार राति ९ बजे अस्पतालबाट बालुवाटार लगिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा युवराज शर्माले बताए । ‘उहाँलाई स्वास्थ्यमा डिसकम्फर्ट भएपछि अस्पताल लगेका थियौँ, सबैजसो चेकचाँज भयो, ‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएको छ, यो छातीसम्बन्धी टेस्ट हो, यसमा कुनै समस्या देखिएन,’ उनले भने, ‘योसँगै अस्पतालबाट फर्किएका छौँ ।’ 

‘कोरोनरी एन्जिओग्राम’ परीक्षण गर्दा मुटुमा रहेका नसाहरूबाट रक्तसञ्चार कार्य भए–नभएको जानकारी हुन्छ । दिउँसो एक्कासि छातीमा समस्या भएको महसुसपछि प्रधानमन्त्री प्रचण्ड आफैँले अस्पताल लैजान सचिवलाई भनेका थिए । 

ad
ad