१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Friday, 05 July, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o कार्तिक १ बुधबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

हजार मेट्रिकटन चिनी बजारमा पठाइँदै : उपभोक्तालाई प्रतिकिलो ११५ देखि १२० रुपैयाँसम्म पर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o६:२o:oo

दसैँको मुखमा बजारमा चिनीको हाहाकार मच्चिएपछि तत्कालको माग धान्न विभिन्न कम्पनीले खरिद गरेर स्टक राखेको चिनीबाट एक हजार मेट्रिकटन चिनी सीधै खुद्रा बजारमा पठाउने तयारी भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, चिनी उद्योगी र खुद्रा व्यापारीबीच भएको छलफलले बिहीबारसम्म एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने निर्णय गरेको हो । 

कोकाकोला–पेप्सीलगायतका कम्पनीले खरिद गरेको चिनीबाट तत्काललाई एक हजार मेट्रिकटन मात्र दिन तयार भएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । ‘अहिलेको तत्काल मागलाई सम्बोधन गर्न उद्योगीहरू तयार हुनुभएको हो,’ उनले भने, ‘हामीले अलिक बढी नै जोड गरेपछि चिनी दिन तयार हुनुभयो, बिहीबारबाट चिनी सीधै खुद्रा बजारमा जान्छ, तत्काललाई माग सम्बोधन हुनेछ ।’ 

खरिद लागतअनुसार उद्योगीले प्रतिकिलो एक सय १५ रुपैयाँदेखि एक सय २० रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय भएको उनको भनाइ छ । उनका अनुसार एभरेस्ट चिनी मिलबाट ल्याउने चिनी बिहीबार बल्खु ल्याउने तयारी छ ।खुद्रा व्यापार संघका कोषाध्यक्ष धु्रव अधिकारीले उद्योगीबाट खरिद गर्दा प्रतिकिलो एक सय ११ रुपैयाँ ३५ पैसा पर्ने र ढुवानी, लोड अनलोड गर्दा करिब एक सय १५ रुपैयाँमा उपभाक्ताले किन्न सक्ने बताए । उनले भने, ‘उद्योगीबाट बिहीबार प्राप्त हुन्छ, सुरुमा चार सय २० बोरा प्राप्त हुँदै छ, त्यसपछि फेरि खरिद गर्छौँ ।’

 सहुलियत पसलमै छैन चिनी
बजारमा चिनीको हाहाकार भएपछि यतिवेला सरकारले उपभोक्तालाई सहज उपलब्ध गराउन चाडपर्वलक्षित खोलिएको सहुलियत पसलमै चिनी अभाव भएको छ । चिनी लिन खाद्य कम्पनी र साल्ट ट्रेडिङ पुगेका उपभोक्ताहरू रित्तो हात फर्किन बाध्य भएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई दिनयता चिनीको बिक्री नै बन्द गरेको कम्पनी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । उनले भनिन्, ‘हामीले टेन्डर आह्वान गरेको चिनी आउन समय लाग्छ, अहिले चिनीको स्टक नभएपछि बिक्री नै बन्द गर्न बाध्य छौँ ।’

ad
ad
ad
ad