मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३० मंगलबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय विमानमार्फत इजरायलबाट थप १९ नेपालीको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १८:२६:oo

हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेलअभिभबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। 

मन्त्रालयले स्थानीय समयअनुसार तेलअभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए। 

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरिएका नेपालीलाई भारतको  गौरीफन्टा नाका भएर कैलाली भित्र्याइनेछ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।