१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पेट्रोल पम्पकाे छड्के अनुगमन, तीनकुनेको भ्यालीबाबा सिल [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:१५:oo

सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमन गरेको छ। 

हेलाे सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो। 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए। 

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूकाे टोलीले पम्पहरूमा अनुगमन गरेको हो। 

अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो। 

 

 

ad
ad