१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राकृतिक विपतपीडित सुदूरपश्चिमका किसानले राहत पाउने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo

कर्णाली प्रदेश सरकारले चालू अव ०८०/८१ को भदौ र असोज महिनामा प्राकृतिक विपत्बाट क्षति व्यहोरेका कृषकलाई राहत प्रदान गर्ने भएको छ । प्रदेश सरकारले ६ करोड रुपैयाँ राहत प्रदान गर्ने भएको हो । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोज महिनामा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका कर्णाली प्रदेशका कृषकलाई राहत दिने घोषणा गरेको हो ।

६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । ‘बालीनाली तथा पशुपक्षीमा क्षति भोगेका कृषकलाई सरकारले राहत प्रदान गर्नेछ,’ उनले भने, ‘त्यसका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयमा बजेट पठाउने निर्णय भएको छ ।’

२५ करोडको क्षति 
कर्णाली प्रदेशमा भदौ र असोजमा परेको अविरल वर्षा तथा हावाहुरीलगायत प्राकृतिक विपत्बाट १० जिल्लामा २५ करोड रुपैयाँको बालीनाली तथा पशुपक्षीमा क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले बताए । ‘कर्णालीका दशवटै जिल्लामा रहेका कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशुपक्षी कार्यालयले पठाएको रिपोर्टअनुसार २५ करोड रुपैयाँबराबरको क्षति भएको छ,’ उनले भने, ‘यो सहयोग क्षतिअनुसारको रकम नभएर केही भरिपूरण मात्रै हो ।’

कर्णालीमा भदौ र असोजमा आएको बाढीपहिरोलगायतका कारणले बालीमा क्षति पुगेको सचिव घिमिरेले बताए । ‘यो वर्ष पशुचौपायामा लम्पी स्किन रोगले ठूलो क्षति गरेको छ ।’ राहतबापतको रकम स्थानीय जिल्लामा रहेका मातहतका कार्यालयमार्फत स्थानीय तहहरूले संकलन गरेको क्षतिको विवरणका आधारमा स्थानीय तहमार्फत कृषकलाई प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

ad
ad