१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४३:oo

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु सार्वजनिक गरेको हो । 

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा.डा. पदमलाल देवकोटा र रजिस्ट्रार सह–प्रा. डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव ०६८/६९ मा ८३ लाख ९८ हजार तथा आव ०७८/७९ सम्ममा एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।   

उनले असुलउपर गर्ने बेरुजुमा ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । रजिस्ट्रार पौडेलका अनुसार १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब एक अर्ब बेरुजु विश्वविद्यालयले फर्स्योट गर्न बाँकी छ । 

आर्थिक वर्ष ०७५/७६ मा उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनले बताए । 

यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचारमाध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।

ad
ad