१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दसैँमा  दश लाख भक्तजन सखडा आउने आकलन,  सुरक्षा व्यवस्था कडा 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o३:oo

सप्तरीको छिन्नमस्ता गाउँपालिका– ३ स्थित प्रसिद्ध छिन्नमस्ता (सखडा)शक्तिपीठमा दसैँको लागि भव्य तयारी गरिएको छ । यसपालिको दसैँमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकलन मन्दिर समितिले गरेको छ । र, त्यसैअनुरूप पहिलादेखि अझै व्यवस्थित ढंगले तयारी गरिरहेको जनाइएको छ । 

दसैँलाई भव्य तथा शान्तिपूर्ण रूपले सम्पन्न गर्ने उद्देश्यले शुक्रबार मन्दिर समिति र स्थानीय पालिका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, उपप्रमुख, सशस्त्र प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालयलगायत स्थानीय बुद्धिजीवी, नेता तथा स्थानीयसँग विशेष छलफल गरिएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । 

दसैँभरि मन्दिर आसपासमा साँझ ७ बजेदेखि  वितरणमा रोक लगाउने निर्णय गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ‌। 
‘कोरोनाले गर्दा गत ३/४ वर्ष भक्तजनको संख्यामा केही कमी आएको थियो, तर यसपालि दश लाख भक्तजन आउने हामीहरूको अनुमान छ,’ अध्यक्ष चौधरीले भने, ‘त्यसैले यसपालि कडा सुरक्षा व्यवस्था, मन्दिरमा एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाएका छौँ।’

उनले सबैसँग दसैँमा सखडा आएर पूजापाठ गर्न तथा घुम्न आउन आग्रह गरेका छन् । मन्दिरको मूल गेटअगाडि साँझ हुने गरेको गंगा आरतीमा समेत सहभागी हुन आग्रह गरेका छन् ।

ad
ad