१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नवरात्रिका लागि तयार हुँदै मूर्तिहरू [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:१६:oo

आउँदो आइतबारदेखि सुरु हुने नवरात्रिका लागि मूर्तिकारहरू दुर्गा मूर्तिको शृंगार गर्न व्यस्त छन्। ग्राहकहरूले दिएको अर्डर पूरा गरी डेलिभरी दिनको लागि उनीहरू अहिले रफ्तारमा काम गरिरहेका छन्।

नवरात्रिमा देवी दुर्गाको मूर्तिहरू विभिन्न स्थानमा पण्डाल बनाएर पूजा गर्ने चलन छ। एक सेटमा करिब १० मूर्ति हुने गर्छन् र यसलाई तयार पार्नका लागि तीनदेखि चार हप्ता लाग्ने गर्छ।

अहिले मूर्तिकारहरू मूर्तिको शृंगारमा व्यस्त छन्। शुक्रबार र शनिबारदेखि नै अर्डर दिएका ग्राहकहरू आउन सुरु गर्ने भएकाले व्यस्तता बढेको मूर्तिकारहरू बताउँछन्।

सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ। यसरी मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरिद गरी ल्याउनुपर्ने र आवश्यक माटो जहाँ–त्यहीँ नपाइने भएकाले समस्या हुने गरेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति दसैँको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ।

तस्बिरहरू :

 

 

ad
ad