१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बुद्धिचाल च्याम्पियनसिपको उपाधि सुसुरत, सुशीला, राजन र पुनमलाई  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४६:oo

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि र्‍यापिड खुलातर्फ कोशी प्रदेशका सुसुरत दाहाल, महिलातर्फ मधेश प्रदेशका सुशीला गुरुङले जितेका छन् । ब्लिज द्रुतगतिको खेलमा कोशी प्रदेशकै राजन सुवेदी र महिलातर्फ कोशी प्रदेशकै पुनम प्रसाईंले स्वर्ण पदक हात पारेका छन्।  

र्‍यापिड फायरमा सुसुरतले अन्तिम चरणमा बागमती प्रदेशका पुरुषोत्तम सिलवाललाई पछि पार्दै स्वर्ण जितेका हुन्। सुशीलाले पाँचौँ चरणको खेलमा पूर्वनेपाल च्याम्पियन बागमती प्रदेशकी सिन्दिरा जोशीलाई पराजित गरेकी हुन्।
  

पाँचौँ चरणसम्म भएको ब्लिजमा पुनमले पनि सिन्दिरा जोशीलाई नै निराश बनाइन्। राजनले लुम्बिनी प्रदेशका सुमन श्रेष्ठलाई पछि पार्दै विजयी भएका हुन्।

र्‍यापिड खुलामा बागमतीका पुरुषोत्तम सिलवाल रजत पदक र लुम्बिनीका सुमन श्रेष्ठले कांस्य पदक पाए भने ब्लिजतर्फ बागमतीका कृष्ण थापाले रजत र मधेश प्रदेशका नेपाल च्याम्पियन रूपेश जैसवालले कांस्य पदक हात पारे। स्विस लिग प्रणालीअनुसार पाँचौँ चरणसम्म भएको प्रतियोगितामा र्‍यापिड महिलातर्फ बागमती प्रदेशकी सिन्दिरा जोशीले रजत र कोशी प्रदेशकी कृतिसारा अधिकारीले कांस्य पदक प्राप्त गरे। ब्लिजमा सिन्दिरा जोशीले नै रजत र गण्डकी प्रदेशका पूजा भण्डारीले कांस्य पदक हात पारे।

खेलकुद महोत्सवअन्तर्गत नेपाल खेलकुद महासंघ समाजवादीले राष्ट्रिय बुद्धिचाल संघको संयोजनमा राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप खेलको आयोजना गरेको हो।

मकवानपुरको हेटौँडामा सञ्चालित प्रतियोगितामा प्रत्येक प्रदेशका तीन–तीनजना खेलाडी सहभागी हुने नियमअनुसार खुलातर्फ २१ जना र महिलातर्फ १९ जना खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगितामा विजयी खेलाडीलाई नगदसहित प्रमाणपत्र र पदक वितरण गरिएको नेसनल आर्बिटर सन्दीप घिमिरेले जानकारी दिए। 

 
 

ad
ad