१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पेन्टिङले बालमस्तिष्कमा पार्ने प्रभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४१:oo

चित्रकला प्रदर्शनीमा गएर चित्रकलाको भावलाई प्रत्यक्ष रूपमा बुझ्न र अनुभूत गर्न सकिन्छ । बालबालिकालाई चित्रकला प्रदर्शनीमा लैजाने र अन्यसँग अन्तरक्रिया गराउने कार्यले सामाजिक बन्न र टिमवर्कमा विश्वास गर्न सिकाउँछ । कला र संस्कृतिप्रति सम्मानभाव बढाउँछ । 

बाल्यवस्थादेखि नै पेन्टिङ सिक्दा सिर्जनात्मक क्षमता अभिवृद्धि भएर जान्छ । बालबालिकाको समग्र विकासका लागि पनि सहयोग मिल्छ । आँखा र हातबीचको संयोजन राम्ररी विकास हुन पाउँछ । चित्रकलालाई सम्मानजनक पेसाको रूपमा लिन सकिन्छ ।

यसले भावनात्मक बौद्धिकता, आत्मजागरण र आत्मविश्वास वृद्धि गर्छ । धैर्यशील बन्न सहयोग गर्छ । ध्यानशक्ति विकास हुन्छ । मानिसलाई तनावमुक्त बनाउने एउटा सशक्त माध्यम चित्रकला हो । फुर्सदको समय चित्र कोर्ने बानी बसाल्दा तनाव कम हुन्छ र दिमागले नकारात्मक कुराहरू सोच्न पाउँदैन । बरु, सिर्जनात्मक रूपमा सोच्न थाल्छ । त्यसैले चित्रकला अभिव्यक्तिको एक सशक्त स्वरूप हो ।

यसले मानिसलाई उनीहरूको भावना र विचार अभिव्यक्त गर्न सहयोग गर्छ । रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । मस्तिष्कलाई वर्तमानसँग जोड्छ ।

चित्रकलाले समस्या समाधान गर्ने सीपलाई पनि बढावा दिन्छ । चित्रकलाका यस्ता धेरै फाइदा छन् । यसले मानिसलाई फरक ढंगले सोच्न सघाउँछ । मानिसले पेन्टिङमार्फत आफू र आफ्नो आसपासको दुनियाँलाई गहिरो गरी बुझ्न सक्छ । 

ad
ad