१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई भव्य स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४७:oo

चीनको हाङझाउमा आयोजना भएको १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विजयी कराँते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो मात्रामा समर्थक र पदाधिकारीको उपस्थिति रहेको थियो । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को व्यवस्थापन निकै फितलो रह्यो ।

राखेपका पूर्वसदस्यसचिव युवराज लामाले कराँतेमा ऐतिहासिक पदक जिताएकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई गाडीमा राखेर सामान्य र्‍यालीसहित राखेप प्रांगणमा पुर्‍याएका थिए । एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये कराँते खेलाडी एरिकाले रजत र कबड्डी महिला टोलीले कांस्य पदक प्राप्त गरेको थियो । नेपालबाट कुल तीन सय ५३ खेलाडीले सहभागिता जनाएका थिए ।

सन् १९९८ पछि पहिलोपटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पदक जितेको हो । त्यति वेला तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जिताएकी थिइन् । सन् २००६ पछि नेपालले पहिलोपटक एकभन्दा बढी पदक जितेको हो । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कांस्य पदक जितेको थियो ।

राखेपले खेलाडीहरूलाई विमानस्थलबाट गौशाला, चाबहिल, नारायणगोपाल चोक, लैनचौर, केशरमहल, दरबारमार्ग, भद्रकाली हुँदै दशरथ रंगशालासम्म र्‍याली गर्ने योजना बनाएको थियो । तर, इजरायलमा हमासको आक्रमणबाट १० विद्यार्थीको मृत्यु भएपछि नेपाल सरकारले मंगलबार शोक दिवस घोषणा गरेको थियो । जसका कराण राखेपले औपचारिक कार्यक्रम स्थगन गर्नुपर्‍यो । 

ad
ad