१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका नेपालगञ्ज
२o८१ बैशाख २४ सोमबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्जमा हट्याे कर्फ्यु र निषेधाज्ञा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगञ्ज
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:५२:oo

नेपालगन्जमा एक सातादेखि जारी कर्फ्यु हटाइएको छ। जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको उल्लेख गरे।  

अघिल्लो मंगलबार नेपालगन्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यु लाग्दै आएको थियो। 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातिको समयमा कर्फ्यु कायमै राखिएको थियो ।  

विशेष सुरक्षा योजना 

बाँकेमा प्रहरीले दसैँ र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ। भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए।  

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरू ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वे स्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए। यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुरलगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ। रासस 

ad
ad