१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o असोज २३ मंगलबार ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जावलाखेल जुत्ता मेलामा एक लाख अवलोकनकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार ११:३९:oo

नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको ‘जावलाखेल जुत्ता–चप्पल दसैँ महोत्सव २०८०’ मा अवलोकन तथा किनमेल गर्नेको संख्या एक लाख पुगेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना गरिएको मेलामा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको जुत्ता–चप्पल बिक्री भएको हो । 

१० असोजदेखि चलेको मेलामा नेपाली गुणस्तरीय तथा आकर्षक जुत्ता–चप्पल ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले ग्राहकको भिड बढिरहेको आयोजकको दाबी छ । 

साथै, लक्की ड्रमार्फत बम्पर उपहारको व्यवस्था गरिएको हुँदा महोत्सवमा ग्राहकको बाक्लो उपस्थिति भएको आयोजकले जनाएका छन् । महोत्सवमा रोयल सुज, बिएफ डियर हिल र बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल्स, हाई लाइफ, केटिएम, डिजे सुज, बेली सुज, उत्सव र कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहेको छ ।