१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ग्रानाडासँग बार्साको बराबरी, यमलको कीर्तिमानी गोलसँग बार्साले टार्‍याे हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४४:oo

दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोनाले स्पेनिस लिग ला लिगामा ग्रानाडासँग बराबरी गरेको छ । 

ला लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई ग्रानाडाले आफ्नो घरेलु खेलमैदानमा पहिलो हाफमै २–० ले पछि पारेको थियो । पहिलो मिनेटमै गोल गर्दै ग्रानाडालाई उत्कृष्ट सुरुवात दिलाएका ब्रायन जारागोजाले २९औँ मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । 

तर, बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले पहिलो हाफको थपिएको समयमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । निकै दबाबपूर्ण खेलमा बार्साका लागि सर्जी रोबर्टोले ८५औँ मिनेटमा गोल गर्दै सम्भावित हार टारे । 

ग्रानाडाविरुद्धको गोलसँगै यमल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनी १६ वर्ष ८७ दिनमा गोल गर्न सफल भएका हुन् । यसअघि ला लिगामा यो कीर्तिमान सन् २०१२ मा फाब्रिस ओलिंगाको नाममा थियो । फाब्रिसले १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै कीर्तिमान राखेका थिए ।

यो बराबरीपछि बार्सा लिग टेबलको तेस्रो स्थानमा ओर्लिएको छ । समान नौ खेल खेलेको रियल माड्रिड २४ अंकसहित शीर्ष स्थानमा छ भने जिरोना २२ अंकसहित दोस्रो स्थानमा छ । 

ad
ad