मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।
यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालमा ओपिडी, आइपिडी र फार्मेसीलगायत विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।